विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

फाइल तस्वीर
फाइल तस्वीर

उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

सो कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन्।

वित्त उपसमूहको शेयरमा ११८.७८ बिन्दुको वृद्धि देखिएको छ। यस्तै विकास बैंक उपसमूहको शेयरमा १३६.९६ बिन्दुको सुधार देखिएको छ।

नेप्सेका अनुसार नेप्सेमा भने ४.१३ बिन्दुले ओरालो लागेर दुई हजार ८२३.८७ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ बिन्दुले घटेर ५२२.३७ मा पुगेको छ।

कूल २२० कम्पनकिो एक करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए। आजको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब २३ अर्ब पाँच करोड ४२ लाख ६५ हजार ८५६ बराबर पुगेको छ।

कारोवार भएका १३ उपसमूह मध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ। बैंकिङ ४.०८, व्यापार २२.४६, होटल तथा पर्यटन ४९.६८, लघुवित्त ४७.६, जीवन बीमा ११२.४८, सामूहिक लगानी कोष ०.०९ र लगानी २.३९ बिन्दुले घटेको छ।

यस्तै, विकास बैंक १३६.९६, जलविद्युत् २.९४, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादन ५७.०९ र अन्य उपसमूहको शेयर १८.३१ बिन्दुले बढेको छ।

कारोवारका आधारमा नेपाल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३० करोड ४२ लाख ५८ हजार १९२ बराबरको कारोवार भयो।

त्यस्तै, एनएलजी इन्स्योरेन्स रु २१ करोड ६९ लाख ९४ हजार ८०२, नेशनल हाइड्रोपावर रु १८ करोड ७६ लाख २६ हजार ४७०,नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ७६ लाख तीन हजार ३१२ र ज्योति विकास बैंक रु १३ करोड ८१ लाख ९० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

उता, एचआइडिसिएल ४.२८, खानीखोला हाइड्रोपावर ३.३५, गणपति माइक्रोफाइनान्स ३.२६, सबैको लघुवित्त २.९५ र सोल्टी होटलका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन्। रासस

प्रकाशित मिति: : 2021-06-30 19:22:00

प्रतिकृया दिनुहोस्