वाग्मती प्रदेशसभाको बैठक असार १७ गते बस्ने

फाइल तस्वीर
फाइल तस्वीर

वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ।

सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट, राजश्व र आयव्यय माथि  छलफल हुने बताइएको छ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए।

उनले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए। प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।रासस

प्रकाशित मिति: : 2021-06-29 17:14:00

प्रतिकृया दिनुहोस्