प्रदेश १ को बजेट अधिवेशन बैठक स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ।

निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर बिरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए।

आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ (७) बमोजिम आर्थिक वर्ष २०७८र७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो। रासस

प्रकाशित मिति: : 2021-06-29 14:14:00

प्रतिकृया दिनुहोस्