सत्तीघाट पुल भत्किँदा स्थानीयवासीलाई सास्ती

फाइल तस्वीर
फाइल तस्वीर

बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तगर्त राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएपछि स्थानीयबासीलाई  आवातजावातमा सास्ती   भएको छ।

बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ। कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुर तर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याव) भत्किएको हो।

पुल किनारमा रहेको स्ल्याव भत्किए सँगै बर्दिया र कैलाली बीचको आवागमन बन्द गरिएको छ।

राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी,   बर्दिया प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वर कार्कीलगायतले स्थलमा पुगी क्षतिको विवरण लिएका थिए। रासस

प्रकाशित मिति: : 2021-06-28 20:00:00

प्रतिकृया दिनुहोस्