भारतमा पहिलो पटक तीन आणविक पनडुब्बी निर्माण गरिदै

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : rediff.com
Photo : rediff.com

भारतमा पहिलो पटक तीन आणविक पनडुब्बीको ९५ प्रतिशत मात्रा भारतमा निर्माण गर्ने योजना रहेको छ।

भारतमा महत्वपूर्ण रक्षा कदमको रुपमा पहिलो पटक तीन आणविक पनडुब्बीहरु ९५ प्रतिशत भारत निर्मित हुन लागेको हो।

यो बाहेक थप अन्य समान प्रकारका तीन पनडुब्बीहरु अर्को चरणमा निर्माण हुने बताईएको छ। ५० हजार करोड रुपैँया लागतमा तीन आणविक पनडुब्बी निर्माणको प्रस्तावमाथि भारतमा सुरक्षासम्बन्धी संसदीय समितिले विचार गरिरहेको बताईएको छ।

प्रस्ताव अनुसार बिसाखापट्नाममा डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाईजेसनद्धारा आणविक पनडुब्बीहरु निर्माण गरिने बताईएको छ।

भारतमा आणविक पनडुब्बी निर्माण क्षमताको हिसाबले यो परियोजना महत्वपूर्ण उपलब्धी हुने बताईएको छ। यो परियोजनाले भारतमा आन्तरिक रक्षा क्षेत्रमा ठूलो उपलब्धी तथा क्षमता विकास गर्ने विश्लेषण गरिएको छ।

कुनै बाह्य सहयोगबिना कूल ६ आणविक पनडुब्बी निर्माण गर्न सक्नेप्रति योजनाकारहरु विश्वस्त रहेका छन्। यदि बाह्य सहयोग अपरिहार्य भएको अवस्थामा रणनीतिक साझेदार मुलुकको सहयोग लिने बताएका छन्।

यो परियोजनाले रक्षा क्षेत्रमा रोजगार बढाउने र अर्थतन्त्रमा समेत बल पुग्ने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा शक्तिमा आएपछि पहिलो पटक नौसेनाले रक्षा आधुनिकीकरणका लागि ६ वटा आणविक पनडुब्बीहरु निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

प्रकाशित मिति: : 2021-06-28 08:20:00

प्रतिकृया दिनुहोस्