भारतमा हालसम्म २५ करोड मानिसले खोप लगाए

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : theconversation.com
Photo : theconversation.com

भारतमा हालसम्म कोभिड-१९ विरुद्धको खोप २५ करोड मानिसले लागाएका छन्। 

भारतमा हालसम्म २५ करोड मानिसहरुले खोप लगाईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हाे।

पहिलो डोज मात्र २० करोड मानिसहरुले लगाएको पनि मन्त्रालयले जनाएको छ।

हालसम्म १८ देखि ४४ वर्ष उमेरका १८ लाख ४५ हजार दुई सय एक जनाले पहिलो डोज लिएका छन् भने ११ लाख २६ हजार ३३ जनाले दोस्रो डोज पनि लगाईसकेका छन्।

बिहार, दिल्ली, हरियाणा, कर्नाटका, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगना, ओडिसा, उत्तर प्रदेशमा १८ देखि ४४ बर्ष उमेर समुहका दश लाख मानिसहरुले कम्तीमा पहिलो डोज खोप लगाएका छन्।

पछिल्लो तथ्यांक अनुसार भारतमा खोप लगाउने कुल जनसंख्या २५ करोड २८ लाख ७८ हजार सात सय दुई रहेको मन्त्रालयले जनाएको छ।

त्यसमध्ये, ४५ देखि ६० बर्ष उमेर समुहका सात करोड ५३ लाख ५६ हजार एक सय ७४ जनाले पहिलो डोज खोप लिएका छन् भने एक करोड १९ लाख ३५ हजार छ सय छ जनाले दोस्रो डोज पनि लगाइसकेका छन्।

६० बर्षमाथि उमेर समुहका छ करोड २४ लाख ४५ हजार ५ सय ७० जनाले पहिलो डोज लगाएका छन् भने एक करोड ९८ लाख ६७ हजार ३ सय ५४ जनाले दोस्रो डोज पनि लगाइएसकेका छन्। भारतमा कोभिड १९ विबिरुद्धको खोप तिब्र पारिएको छ। 

प्रकाशित मिति: : 2021-06-27 08:36:00

प्रतिकृया दिनुहोस्