बाबु-छाेरीबाट १८ करोड ६५ लाख बिगो दावी गर्दै विभागद्वारा मुद्दा दर्ता

राजश्व अनुसन्धान विभागले भन्सार चोरी-पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेकाे छ।

विभागले अशोक कुमार सिन्हा र निवेदिका सिन्हाबाट १८ करोड ६५लाख २ हजार ७ सय ६ रुपैयाँ विगो जरिवाना र कैद मागदावी गर्दै असार ३ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरेकाे हाे।

विभागले एक विज्ञप्ति जारी गरि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिएको हो। अशोक र निवेदिका बाबुछोरी हुन्।

विरगंज महानगरपालिका-५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं.३०३ मा उनीहरुले अवैध रुपमा लुकाएर राखेको २२९५७.४८ ग्राम सुन र १०७८.०० ग्राम चाँदीका गरगहना विभागले नियन्त्रणमा लिएको थियो।

सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी घर भएका उनीहरु विरगञ्जमा फ्ल्याट खरिद गरि बस्दै आएका थिए।

प्रकाशित मिति: : 2021-06-26 09:41:00

प्रतिकृया दिनुहोस्