मङ्गलसेन नगरपालिकामा ५३ करोडको बजेट प्रस्तुत 

Symbolic photo
Symbolic photo

अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ। 

‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गरेकी थिइन्। 

उपाध्यायले वडातर्फ १४ वटै वडामा रु तीन करोड ४८ लाख विनियोजन गरिएको जानकारी दिइन्। नगरपालिकाले पूँजीगततर्फ रु १३ करोड र चालुतर्फ रु २२ करोड विनियोजन गरिएको नपाका सूचना अधिकारी विष्णु जैसीले बताइन्। 

पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगर प्रमुख पदम बोहराले जानकारी दिए। 

नगरसभामा गत वर्षको प्रमुख उपलब्धि तथा चालु आर्थिक वर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। यसैगरी नगरसभामा स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधिलगायत १६ व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-25 15:52:00

प्रतिकृया दिनुहोस्