राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरु पक्राउ (भिडियाेसहित)

शनि शाक्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इञ्जिनियरहरू पक्राउ परेका छन्।

सेवाबाट हटाउन लागेको भन्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न  र  शहरी  विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका १०६  जना इन्जिनियर पक्राउ परेका हुन्।

निषेधाज्ञाकाे समयमा भिड गरेर प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएकाे छ।

भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब-इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन्।

दुई वर्षअघि करार सेवा अवधि थपिएका उनीहरू फेरि सेवा अवधि थपिनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्।


प्रकाशित मिति: : 2021-06-25 15:51:00

प्रतिकृया दिनुहोस्