कोभाक्सिन खोपको उत्पादन सम्बन्धि विस्तृत तथ्यांक सार्वजनिक

बिएल संवाददाता

नयाँ दिल्ली
Agencies
Agencies

कोभिड–१९  विरुद्धको कोभाक्सिन खोप उत्पादन कम्पनी भारत बायोटेकले खोपबारे अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। भारत बायोटेक कम्पनीले कोभाक्सिन खोप उत्पादनमा अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको हो। 

कम्पनीका अनुसार कोभाक्सिन खोपको पहिलो र दोस्रो ट्रायल र तेस्रो ट्रायलको आंसिक तथ्यांकहरु भारत सरकार अन्तर्गतको नियामक निकायहरुले छानबीन गरेको बताइएको छ। भारतमा मानिसको क्लिनीकल ट्रायल मार्फत तथ्यांकहरु सार्वजनिक गर्ने कोभाक्सिन मात्र एक खोप रहेको भारत बायेटेकले बताएको छ।

कोरोना भाइरसका विभिन्न भेरियन्टविरुद्ध कोभाक्सिनको प्रभावबारे अध्ययन यसअघि नै बायोरसिभ, जर्नल अफ ट्राभल मेडिसिन जस्ता विभिन्न माधयम मार्फत सार्वजनिक गरिसकेको कम्पनीले बताएको छ। भारतमा कोभिड–१९ विरुद्ध उच्च मात्रामा प्रभावशाली खोप र नयाँ भेरियन्टहरुबारे तथ्यांक भएको एक मात्र खोप कोभाक्सिन रहेको विज्ञप्तीमा उल्लेख छ।

भारत बायोटेकद्धारा उत्पादित खोप कोभाक्सिन भारतको एक मात्र मौलिक खोप हो, भने सिरम इन्स्टीच्युट अफ ईण्डीयाद्धारा उत्पादित कोभिशिल्ड खोप बेलायतको अस्ट्रेजेनेका खोपको स्थानीय रुप हो। 

स्रोत: इकोनोमिक टाईम्स

प्रकाशित मिति: : 2021-06-25 09:38:00

प्रतिकृया दिनुहोस्