क्वाटरफाइनलमा उरुग्वे

Photo : Getty image
Photo : Getty image

कोपा अमेरिका फुटबलअन्तर्गत उरुग्वेले बोलिभियालाई पराजित गरेको छ।

आज (शुक्रबार) बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै आफ्नो जित निकालेको हो। यस जितसँगै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ।

उरुग्वेलाई जित दिलाउन एडिन्सन काभानीले एक गोल गरे भने एक गोल आत्मघातीबाट प्राप्त भएको थियो। खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले अग्रता बनाएको थियो।

उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ। 

प्रकाशित मिति: : 2021-06-25 06:35:00

प्रतिकृया दिनुहोस्