सिमकोटः कृषि र पर्यटनमा जोड

सिमकोट गाउँपालिकाले आव २०७८।०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवद्र्धनका लागि पहिलो प्राथमिकता राखेको छ।

त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ। पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको छ।  पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ।

गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८।०७९ को बजेट प्रस्तुत गरेका थिए। चालुतर्फ ५८.०९  र पूँजीगततर्फ ४१.९ प्रतिशत बजेट प्रस्तुत गरिएको  थियो। गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताए। रासस 

प्रकाशित मिति: : 2021-06-24 14:08:00

प्रतिकृया दिनुहोस्