पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्।
उनले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्सविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरेका छन्।
यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए।