युरोकप फुटबलमा जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो। खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए।
जर्मनी ३ खेलमा ५ अंक जोडेको छ। अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ।
हंगेरी भने समूह चरणबाट बाहिरिएको छ।