पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार

मिनराज रोका

​​​​​​​रोल्पा

अविरल वर्षाका कारण गएराति घरमाथिबाट आएको पहिरो परी घाइते भएका २ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

गएराति साढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा क्रती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो।

पहिरोमा परेर घाइते भएका ४० वर्षका टिकासिङ बुढा र उनका छोरा शक्तिमान बुढालाई हेलिकप्टरबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरिक्षक नरेश सुवेदीले जानकारी दिए।

यस्तै सामान्य घाइते भएका ४५ वर्षीया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार गरिएको छ। मृतक ३ जनाको शव पोष्टमार्टमका लागि हेलिकप्टरबाट रोल्पा अस्पताल रेउघा ल्याइएको छ।

प्रकाशित मिति: : 2021-06-23 18:23:00

प्रतिकृया दिनुहोस्