महोत्तरीमा महिलामाथि बलात्कारको प्रयास, आरोपी फरार 

बिमला गुप्ता

महोत्तरी 
Symbolic photo
Symbolic photo

महोत्तरीको गौशालामा एक महिलामाथि बलात्कारको प्रयास भएको छ। 

नगरपालिकाको वडा न.७ मनहर्वा निवासी स्थानीय ३३ वर्षीय सफिदा खातुनमाथि बलात्कारको प्रयास भएको हो। 

उनको श्रीमान अनबारुल मोमिन करिब २/३ महिना देखि काठमाडौंमा कार्यरत रहेका छन्। सोही कारण घरमा कोहि नभएको मौका पाएर गत शुक्रबार आफूमाथि छिमेकी जाजुन मोमिले बलात्कार गर्ने प्रयास गरेको उनले बताइन् 

करिब ११ बजेतिर म शौच गरेर चर्पीबाट बाहिर निस्कदै थिए त्यतिकैमा मेरो घरको छेउमा रहेको बारीमा बसिरहेको मेरो छिमेकीले अकस्मात आएर मलाइ घिसार्दै बारेमा करणी गर्ने प्रयास गरे।' 

आफूलाई जबरजस्ती गर्ने क्रममा चिच्याउँदा उनकी छोरी आएको तर जाजुनले छोरीलाई समेत कुटपिट गरेको पीडित महिलाले बताएकी छिन्। 

चिच्याएको आवाज सुनेर आफू त्यहाँ पुग्दा जाजुन भागेको छिमेकी रहना खातुनले बताइन्।  

पारिवारिक रिसिविको कारण बलात्कार गर्ने प्रयास गरेको पीडित महिलाले जानकारी दिएकी छिन।

अहिले सो व्यक्ति फरार रहेका छन्। करणी गर्ने प्रयास नगरेको भए घर छोडेर भाग्ने प्रयास अनुचित रहेको छरछिमेकले टिप्पणी गरेका छन्। पीडित महिलाले गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छिन। 

प्रकाशित मिति: : 2021-06-22 21:21:00

प्रतिकृया दिनुहोस्