निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा ट्राफिक जाम [भिडियो]

शनि शाक्य

काठमाडौँ

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्न थालेको छ। बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो गरिएसँगै काठमाडौं उपत्यकामा झन्डै दुई महिनापछि निजी सवारीसाधन सडकमा देखिएका हुन्। 

जोर–बिजोरका आधारमा मंगलबारबाट नीजी सवारीसाधन चल्न लागेका हुन्। आइतवार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी सवारी साधानलाई जोर बिजोर आधारमा चल्न दिने निर्णय गरेको थियो। 

मंगलबारबाट जोर गतेका दिन पछिल्लो नम्बर जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर भएका सवारी साधान चल्न पाउने छन्।

सार्वजानिक यातायात ट्याक्सीमा समेत जोरबिजोर प्रणाली लागू भएको छ। ट्याक्सीले तीन जनाभन्दाबढी यात्रु बोक्न पाउने छैनन्। जीप, कार लगायतका सवारी साधनमा ४ जना भन्दा बढी राख्न पाइने छैन।

प्रकाशित मिति: : 2021-06-22 13:15:00

प्रतिकृया दिनुहोस्