बेल्जियमसँग फिनल्याण्ड पराजित

Photo : SBSsports
Photo : SBSsports

युरोकप फुटबलमा बेल्जियमले फिनल्याण्डलाई पराजित गरेको छ।

सोमबार राति भएको खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले जित निकालेको हो।

यससँगै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ। बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे। एक गोल भने आत्मघाती उपहार पाएको थियो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनाएको थियो ।  
 

प्रकाशित मिति: : 2021-06-22 06:29:00

प्रतिकृया दिनुहोस्