
मुक्ति गौतम
धनसिंह हिजोआज
महभीरमा एक्लै बस्छ
भात गुजुक्क पकाउँछ
केराको गुभो उसिनेर उमरक हाल्छ
कहिले पिंडालु पकाउँछ
कहिले बुंगाको कहिले गोलभेंडाको
अचारसँग कुपुकुपु खान्छ
उहिले दुख गरेर जग्गा जोड्यो
गाईबाख्रा, हाँस-कुखुरा जोड्यो
आलु फलायो, कोदो फापर र तोरी पनि फलायो
नाम्लो दाम्लो र डोको पनि बुन्यो
कालापहाडमा बेचेर पैसा कमायो
घर पनि चलायो छोराछोरी पनि पढायो
कहिलेकाहीं सिकुवामा थुचुक्क बस्छ
अनि सम्झिन थाल्छ
बर्माका धावामा लडाइँ गरेको
बाघबिर सुबेदारसँग परेड खेलेको
ऐरावती नदीमा मान्छे तारेको
जंगलै जंगल हिंडेर आएको
यीनै सम्झनामा आफैंसँग उ एक्लै रमाउँछ
एउटी छोरीको कन्यादान दिएपछि
श्रीमती बितेको पनि पाँचवर्ष भयो
एउटा छोरो सिलगढी पुग्यो
अर्को सिपाही छोरो फेमिली लिएर गयो
कान्छो छोरो पनि दोकान गर्ने भनेर
बुहारी लिएर इम्फाल तिर गयो
हो धनसिंह अहिले पनि एक्लै बस्छ महभीरमा
खन्छ खोस्रिन्छ अलिकति कोदाको जाँड
सुरुप्प पार्दै हिजो र भोलि बिर्सन खोज्छ
बाख्राको पाठो सुम्सुम्याउँदै आज रमाउन खोज्छ
दिनैपिछे चिङलाबुंगको हाउपु बूढो आउँछ
इपा करम तौरी ? चाक चारब्रा ? भनिरहन्छ
---
चाक(भात) चारब्रा( खानुभयो) ?
उमरक- मणिपुरमा पाइने अकबरे खोर्सानी
इपा(बुबा) करम(केगर्दै) तौरी(हुनुहुन्छ) ?
चिंगलाबुंग- कुकी गाउँको नाम
हाउपु- कुकी व्यक्तिको नाम
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया