'कौशिक'का बाह्र बाछिटा

Breaknlinks
Breaknlinks

१.
रक्सीको
पारा एउटै
सेक्सीको। 

२.
कोइली
मीठो गाउँछे
साइँली। 

३.
साराले
धर्ती उचाले
नाराले। 

४.
बाछिटा
दैलो लगाऊ
ए ठिटा!

५.
नाच न!
फराकिलो छ
आँगन। 

६.
ननाचौँ
भो भो कम्मर
नभाँचौँ। 

७.
फूलमा
रस हरायो
मूलमा।  

८.
लागेछन्
सेता परेवा
भागेछन्। 

९.
स्वच्छन्द 
वातावरण
दुर्गन्ध। 

१०.
खुकुरी
सान लाउन
जरूरी। 

११.
शैतान
घर बनायो
रछान। 

१२.
बादल
बढ्ता कालो भो
गाँजल।



हेप्पी बड्डे आमा

उनी अर्थात् आङ सान सुकी

 

प्रकाशित मिति: : 2021-06-19 14:13:00

प्रतिकृया दिनुहोस्