सदस्यता विवादमा कांग्रेस कार्यालयमा ताला

मनपरी तरिकाले नेपाली काँग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं ४ क्रियाशिल सदस्य वितरण गरेको भन्दै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका छन्।

काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई विराटनगरले काँग्रेसको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको हो।

काँग्रेसको क्षेत्रीय कार्यालयले तानाशाही ढंगले क्रियाशिल सदस्यहरुले पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई क्रियाशिल सदस्य दिएको भन्दै उनीहरुले विराटनगर ४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए।

‘बुथबाट सिफारिस गरि पठाएका नामावालीहरुलाई पाखा लगाइ मनोमानी ढंगले क्रियाशिल सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं,’नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यालयमा तलाबन्दी गरेपछि क्षेत्रीय कार्यालयले क्रियाशिल सदस्यता वितरणको विषयमा छानविनको लागि काँग्रेसको केन्द्रीय क्रियाशिल सदस्यता छानविन समिति, काँग्रेसको केन्द्रीय कार्यसमिति र काँग्रेसको मोरङ जिल्लामा पनि बोधार्थ पठाएका छन्।


 

प्रकाशित मिति: : 2021-06-18 15:32:00

प्रतिकृया दिनुहोस्