कर्णाली प्रदेशसभा: पुनःबहालीपत्र प्रस्तुत

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेशसभाको बैठकमा  सर्वोच्च अदालतको आदेशबाट हालै पुनर्वहाली भएका प्रदेशसभा सदस्यको नाम पढेर सुनाइयो।

सभामुख राजवहादुर शाहीले आजको बैठकमा  प्रदेससभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पुनर्वहाली भएको जानकारी दिए।

बैठकमा नेकपा (एमाले) का संसदीय दलका नेता यामलाल कंडेल कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी भएका भनिएका मन्त्रीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरे।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनवहादुर शाहीले प्रमुखप्रतिपक्षी दलले भन्दैमा सरकारमा सहभागी मन्त्री फिर्ता नहुने जिकिर गरे।रासस

प्रकाशित मिति: : 2021-06-14 17:46:00

प्रतिकृया दिनुहोस्