मोरङमा निषेधाज्ञा एक साता थपियो

मोरङमा निषेधाज्ञा एक साता थप भएको छ।

सोमबार बसेको जिल्लास्तरिय कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए।

बैठकले जिल्लाभरि असार १ गतेदेखि ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो।

यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ। एक सातापछि प्रोटोकल बनाएर निषेधाज्ञा खुकुलो बनाइने उनले बताए।

प्रकाशित मिति: : 2021-06-14 16:21:00

प्रतिकृया दिनुहोस्