देशभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोनाबाट निको भएका छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको छ।