शारजाहमा सडक दुर्घटना: भारतीय बालकको मृत्यु 

Image Credit: Supplied
Image Credit: Supplied

संयुक्त अरब ईमिरेटस् (युएई) को शारजाहमा सडक दुर्घटना हुँदा एक भारतीय बालकको मृत्यु भएको छ।

गत मे २ मा अपाटमेन्टबाट कापी किन्न स्टेस्नरी जाँदै गरेका बेला १० वर्षीय भारतीय विद्यार्थी अब्दुल्ला जमिर काजी सडक दुर्घटनमा परेका थिए।

सडक दुर्घटनाबाट गम्भीर घाइते भएका काजीको शारजाहमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा रहेका काजीको बुधबार भृत्यु भएको शारजाह प्रहरीले जानकारी दिएको छ।

मृतक बालक शारजाहस्थित भारत इन्टरनेशनल स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए।

प्रकाशित मिति: : 2021-06-11 11:27:00

प्रतिकृया दिनुहोस्