कालाे ढुसीको उपचार खर्च सरकारले व्यहोर्नुपर्छ : सांसद राजु विष्ट

लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले राज्यमा फैलिएको ब्ल्याक फङ्गस (कालाे ढुसी) रोगको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने बताएका छन्। 

उक्त रोगको उपचार खर्च अत्याधिक भएका कारण विष्टले बुधबार पश्चिम बङ्गालकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी समक्ष कालो ढुसीको उपचार निशुल्क हुनेपर्ने बताएका हुन्। 

रोगको कारण हालसम्म उत्तर बङ्गालमा छ जनाको मृत्यु भएको बताउदैं अन्य मनिसको अवस्थासमेत नाजुक रहेको उनको भनाइ छ। 

डक्टरहरूका अनुसार कालो ढुसीका कारण  मधुमेह, लामो समयसम्म अस्पताल बसाई, फोहर वातावरण, एन्टिबायोटिक र स्टेरोइडहरूको जथाभावी प्रयोग रहेको उनले बताए। 

पहिलो लहरको कोरोना भाइरसलाई नियन्त्रणमा लिन सकेको बताउदैं उनले भने, 'अहिलेको स्थितिमा कोभिड बिरामीहरूको उपचार र सेवा गर्दा समेत यसलाई नियन्त्रणमा लिन सकेको छैन। त्यसैले परिणाम स्वरूप एन्टिबायोटिक र स्टेरोइडहरूको अत्यधिक दुरुपयोग भइरहेको छ।'

 उत्तर बङ्गालमा सरकारी स्वास्थ्य सेवा केन्द्रहरूको अवस्था पहिले देखि नै दयनीय रहेको भन्दै उनले भने, 'अहिले उनीहरु खर्च बेहोर्न सक्ने जुन कुनै अस्पतालमा कोभिड उपचारका लागि दौड़धूप गरिरहेका छन्। उनीहरूले पाइरहेको उपचारको न त कुनै निगरानी भइरहेको छ, न त त्यसमा कुनै नियन्त्रण नै भइरहेको छ।' उक्त स्थिति उत्तर बङ्गालमा मात्रै नभएर, समग्र पश्चिम बङ्गालभर रहेको उनको भनाइ छ। 

ब्ल्याक फङ्गसको उपचारमा प्रयोग गरिने 'एएमपीएचओ-बी' औषधिको दैनिक लागत १० हजार रुपियाँ रहेको बताउदैं उपचार अवधि ४ देखि ६ साता रहेको उनले बताए। 

'यस उपचारपछि ओरल पोसाकोनाजोल औषधि चाहिन्छ जसको मूल्य ६ हजार रुपियाँ जति पर्दछ, अनि यसमा १२ देखि १६ साताको उपचार चल्दछ।  यसले गर्द बिरामीले हरेक करिब ३ लाख रुपियाँको खर्च व्यहोर्नुपर्छ' उनले भने।  

उक्त भयावह रोगको उपचार गर्ने खर्च क्षेत्रको बहुसंख्यक जनता नभएको उनी बताउँछन्। सोहि उपचार खर्च राज्यले हेर्नुपर्ने उनको भनाइ छ। 

'मैले राज्यका सबै सरकारी तथा निजी अस्पतालहरूलाई कोभिड तथा ब्ल्याक फङ्गसको उपचार निम्ति कड़ा नियमहरू विकसित र लागू गर्न पनि अनुरोध गरेको छु, ताकी एन्टिबायोटिक र स्टेरोइड औषधिहरूको जथाभावी प्रयोग र दुरुपयोग रोक्न सकियोस्।'

केन्द्रिय सरकारले सबैका लागि भ्याक्सिन निःशुल्क उपलब्ध गराइरहेकाले ब्ल्याक फङ्गसका रोगीहरूलाई समेत निःशुल्क उपचार गरिदिने उनको विश्वास छ।  

                        

                          

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: : 2021-06-09 23:14:00

प्रतिकृया दिनुहोस्