भारतको यूपीमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु

Photo : Rediff
Photo : Rediff

भारतको उत्तर प्रदेशस्थित कानपुर–हलाहाजाद सडकखण्डमा मंगलबार साँझ ठूलो दुर्घटना भएको छ। 

राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। 

तीब्र गतिमा चलिरहेकाे बस, टेम्पो र जेसीबी ठोक्किदा घटनास्थमै १७ जना यात्रुको ज्यान गएको कानपुर प्रहरी अधिकारी अष्टभुज प्रसाद सिंहले जानकारी दिएका छन्।

उन्नवबाट गुजरात जाँदै गरेको नीजी बस कानपुरको सचेन्दीमा टम्पोसँग ठोकिएको थियो। बसमा मजदुरहरू सवार रहेको र मृतकसँगै थ्रुपै घाइते भएको समेत बताइएको छ।

मृतकमध्ये धेरै बिस्कुट कम्पनीमा काम गर्ने मजदुरहरू थिए। उनीहरू प्रायः लाल्हेपुर र ईश्वरीगञ्जका हुन्। दुर्घटनामा एकै परिवारका तीन भाई र अर्को एक परिवारका दुई भाईले समेत ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2021-06-09 11:24:00

प्रतिकृया दिनुहोस्