जब मान्छेको आधा जलेको खुट्टा भेटियो... (भिडियो रिपोर्ट)

शनि शाक्य

काठमाडौँ

बौद्ध नयाँबस्तीका सुन्दर खनाल पूजा गर्ने दुबो टिप्न मंगलबार बिहानै चौरमा निस्के।

खनाल दुबो टिप्न के भुँईमा निहुरिएका थिए, आधा जलेको अवस्थामा मान्छेको खुट्टा देखे। दुबो टिप्न गएका खनालले आधा जलेको अवस्थामा मान्छेको खुट्टा देखेपछि मनमा त्रास पैदा भयो। त्रासै त्रासका बिच खनालले प्रहरीलाई फोन गरे। उनी एकछिन आत्तिए पनि।

खनालको सुचना पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुग्यो। घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह चिकित्सकको टोलीसहित आफै पुगे।

घुँडामुनि आधा जलेको अवस्थामा फेला परेको मान्छेको खुट्टालाई पराल बालेर जलाइएको हुन सक्ने काठमाडौं प्रहरी प्रमुख एससएसपी अशोक सिंहले बताएका छन्।



दिपक मनाङेको भाइ रेम्बोले ज्यान मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेँ

प्रेमीकै योजनामा २५ जना मिलेर सामूहिक बलात्कार



‘आधा जलेको अवस्थामा मानिसको खुट्टा फेला परेको छ। बाँकी कुरा केही खुलेको छैन, अनुसन्धान चलिरहेको छ।’, एसएसपी सिंहले भने।

जलेको खुट्टा भेटिएको क्षेत्रमा बाक्लो बस्ती नै छ। प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान थालेपछि स्थानीयमा खैलाबैला नै मच्चियो।

‘अन्यत्र नै घटना घटाई अंग अंग बनाएर खुट्टा यहाँ जलाएको देखिन्छ, पोष्टमार्टमपछि केही केही थाहा हुनेछ।’ एसएसपी सिहले भने।

आधा जलाएको अवस्थामा फेला परेको खुट्टालाई पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ।



जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ (भिडियोसहित)

प्रकाशित मिति: : 2021-06-08 22:22:00

प्रतिकृया दिनुहोस्