नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सोमबारदेखि पुनः सञ्चालन

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : Indiatvnews.com
Photo : Indiatvnews.com

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरीे रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ।

कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो।

यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ। जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन्।

दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ।

विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ।

भारतमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-06-08 06:19:00

प्रतिकृया दिनुहोस्