नवराजको बारीमा लिची लटरम्मै, वार्षिक २० लाख कमाई

विनाेद पाण्डे

बिर्तामोड

मानिसहरु सुख, शान्ति र समृद्धि हाशिल गर्न आफ्नो गाउँ, जिल्ला र देशनै छोडेर जानेगरेका छन्। कति मानिसहरु यसैगरी जाने क्रममा होलान, समृद्धि जौज्दै विश्वका कुनाकुनामा पुगेका मध्ये थोरैले मात्र सहज सफलता प्राप्त गर्ने गरेको र धेरैजसो मासिनले कडा परिश्रम र ज्याननै गुमाउनु परेको विद्यमान अबस्थामा झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का नवराज सुब्बाले भने आफ्नै आँगन, बारीबाट बार्षिक २० लाख भन्दा धेरै कमाई गरिरहेका छन्।

सुब्बाकोे जीवन र परिवारमा सबै सुख सुविधाहरु हाशिल भएको छ, आफन्त, नरनाता, छरछिमेकी, हितैसीहरु संगै रमाउन सकेका छन्। आफ्नो भएको खेत जग्गा बाझै राखेर समद्धि आर्जन गर्न अन्त भौतारिनेहरुलाई सुब्बाले गरेको कामले पक्कै प्रेरणा प्रदान गर्ने छ। पछिल्ला बर्षयता आफ्नै ठाउँमा रहेर राम्रो आर्थिक आर्जन गर्नेहरुले गरेको कृषि पेशा मर्यादित र लोभलाग्दो बन्न थालेको छ। त्यस्तै बिर्तामोडका सुब्बाले लगाएको लिची बगान पनि एकमा पर्छ।

‘विगत २४ बर्ष अघि सौखले केही क्षेत्रफलमा ३० वटा विरुवा लगाएको लिची बगान क्रमस् विस्तार गर्दै ल्याउदा आज सम्म आईपुग्दा ३ विघा ५ कठ्ठाको झापाको एक ठुलो बगान मध्येको एक बन्न सफल भएको’ ‘गत बर्ष भन्दा यस बर्ष मौसमको कारणले सोचेजस्तो लिची फलेन तर पनि ५ सय काटुन भन्दा धेरै हुन्छ, गत बर्ष ७ सय काटुन बेचेको थिए’। कृषक तथा व्यापारी सुब्बाले बताए।

अरु भन्दा पछुवा लिची भएकाले पनि सुब्बाले राम्रो मुल्य पाउने गरेका छन्। मजियापुर जातको लिची ठुलोदाना, मह जस्तै गुलियो हुने भएकाले काठमाडौंमा पुर्याउनसाथ हारालुछ भएर लिची बिक्ने गरेको छ। लिचीको माग पुरा गर्न सक्दिन बिर्तामोड लगायतका क्षेत्रबाट आउने ग्राहले बगानको आधा जस्तै लिची किनेर लैजाने गरेका छन्।’ उनको चिलीको काठमाडौंमा ब्राण्ड बनेको छ। सुब्बा छाप नाम दिईएको लिची प्रति काटुन ४ हजार सम्ममा बिक्री गर्ने गरेको सुब्बा बताउछन्। जेठ १५ देखि लिची टिप्ने काम सुरु भएको छ यतीवेला पनि धमाधम दैनिक ५० जना कामदारबाट लिची टिप्ने काम भईरहेको छ। अन्य वेला भने नियमित ५ जनाले रोजगारी पाएका छन्।

कुनै तालिम पनि नलिइ लिची खेती सुरुगरेका सुब्बा आफ्नै बुझाई र भोगाईलाई सिपको रुपमा परिणत गरेका छन्। उनिसंग विभिन्न ठाउँबाट लिची बगानको बारेमा बुझन धेरै आउन थालेका छन्। उनि सहजै जानेको कुरा अरुलाई सिकाई दिन्छन्।

कम मेहनत गर्दैमा लाभदायी हुने लिची खेतीका लागि मंसिर महिनाबाट १५–१५ दिनमा सिचाई सुरु, फूलखेले पछि भिटामिन लगाए पस्चात बैशाख सम्मलाई काम पुरा हुन्छ। बैशाखको अन्त्यमा लिचीमा चमेरा लगायतका चराहरुबाट खान र नष्ट हुनबाट बचाउन बगानमा रातको समयमा विजुली बत्तीबाल्ने, पुत्ला टाङने, टिन ठोकने सम्मको काम सुब्बाले गर्ने गरेको स्थानियहरु बताउछन्।

‘बगान रमितलाग्दो भएको छ। रातै भएर जमिन छुने गरि लुईएको लिचीमा फोटो खिच्न र रुखैबाट टिपेर लिची खान पाईने भएकाले आफू हरेक बर्ष यस बगानमा आउने गरेको रमाई रमाई बगान घुम्न पाईन्छ अझ लिचीको छहारीमा सितलता र मन्द चिसो हावाले केही समय भएपनि मन प्रफुल्ल पार्ने गरेको लिची किन्न भएका झापा विर्तामोड–२ का नवराज भारतीले बताए।

प्रकाशित मिति: : 2021-06-07 20:39:00

प्रतिकृया दिनुहोस्