बङ्गलादेशले कसरी गर्‍यो तीव्र आर्थिक विकास?

Photo- BT
Photo- BT

भारतलाई कोरोना भाइरसविरूद्धका स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै श्रीलंकालाई आर्थिक सहयोग गर्नेसम्मका कामबाट बङ्गलादेशले आफूलाई पछिल्लो समय आर्थिक उन्नती गर्ने बलियो देशको रुपमा उभ्याउन थालेको छ।

यसैसाताको शुरुमा बङ्गलादेशले श्रीलंकालाई दुईसय मिलियन डलर सहायता गर्ने सम्झौता गरेको छ।

सहायता आर्थिक र स्वास्थ्य संकट झल्दै गरेको श्रीलंकाको लागि ठूलो मद्दत पुगेको बताइन्छ। भारी वैदेशिक ऋणबाट थिचिँदै गरेको राजनीति पनि अस्थिरताबाटै गुज्रिएको छ।

यसवर्ष मात्रै श्रीलंकाको ऋण ३ दशमलब ७ बिलियन डलर पुगेको छ। यस्तो अवस्थामा बङ्गलादेशले दिने आर्थिक सहायताले उसको आर्थिक अवस्था उकासिने अपेक्षा गरिएको छ।

गत मार्च महिनामा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेको बङ्गलादेश भ्रमणको क्रममा यस्तो सहायताबारे सहमति भएको थियो। बङ्गलादेश भने यस्ता ४० देशको समूहमा परेको छ, जुन देशहरूले भारतलाई कोरोनाको दोस्रो लहरविरूद्ध जुध्न राहत सहायता पठाएका थिए।

मे १८ मा बङ्गलादेशले विभिन्न २ हजार ६ सय ८२ बक्स एन्टि भाइरल ड्रग्स र कोभिड नियन्त्रक सामाग्री भारतलाई हस्तान्तरण गरेको थियो। त्यसअघि मे ६ मा नै ढाकाले भारतलाई १० हजार भायल्स रेम्डेसिभिर पठाएको थियो। बङ्गलादेशले यस आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशत जिडीपी पढाउने समेत अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2021-06-06 11:47:00

प्रतिकृया दिनुहोस्