हो आफ्नी आमालाई
मेरी आमा भनि चिनाऊन
लाखौं लाख वेदना सयौं संग्रामी
भनेनौ रात देखेनौ पतझडको साथ
पूर्णिमालाई नभेटिने औँशीमा पनि
बर्खाको त्यो अविरल झरिमा पनि शिशिरको त्यो कठ्याङ्ग्रिने जाडोमा पनि
रोकिएनौ तिमीहरु, हिँडिरहे तिम्रा
थकित खुट्टा ति फाटेका कुर्कुच्चा लिएर
कति रोध गरे होला विरोधीले
प्रमाण देऊ भन्ने विस्फोटक बम्बले
कसरी निर्मूल गर्यौ होला ....
उस्तै उत्तरको टङ्कारले ...
झार्न त खोजे होला धेरै पटक
विरोधीका बाणले ,तर तिमीहरु
अर्जुन बनि युद्धमा खप्पिई रह्यौ
मरूभूमिमा युद्ध जीतेर हामीलाई
हाम्रो अभिमान, हाम्री आमा हाम्री हुन भन्ने सिद्ध प्रमाण दिएर गयौ
सत सत प्रणाम तिमिलाई
हे! सबै भाषा सङग्रामी
सय फूलको माला चडाऊछू
हे! हाम्रा अभिमानी।
समस्त संसार साची राखी पुज्छू
हे! बलिदानी।
कसरी बिर्सनु र तिम्रो सङ्घर्षहरू
कसरी बिर्सनदिनु र तिम्रा सन्दर्भहरू
जस्ले गर्दा आज मेरो माज
मेरी आमा छिन्।
मेरो माज मेरो अहङ्कार छ
मेरो माज मेरो हक छ
सबै भन्दा उच्च हिमाल सरी
मेरो भाषा छ।
तर हे! योद्धाहरू ...
तिमीले दिएको माया र सिहार मेरा दाजु भाइले
आमालाई दिएनन्...
तिमिले युद्धमा रगतको
आसू झारेको बुझेनन्।
त्यसैले आह्वान गर्दछु हे! बलिदानी आत्महरू, सद्बुद्धि देऊ
बन्द भएका आँखा खोलिदेऊ
मातृभाषा बोल्दा लरबारउने जिब्रोमा पनि
आमाको रस भरि देऊ
हाम्रो फूलबारीमा सुगन्धित ...पुष्प छरि देऊ
हाम्रो घरमा मातृभाषाको
लटटरमै लता तरु झुल्न देऊ ।
हे! मेरा दाजु भाइ दिदी बहिनी
ती संग्राममीको संग्राम व्यर्थै न जावोस
हाम्रो घरमा हाम्रै भाषा कलकलाओस्।