कर्णालीमा कांग्रेसले पायाे दुई मन्त्रालय

कर्णाली प्रदेश सरकारमा सहभागी भएको नेपाली कांग्रेसले दुई मन्त्रालयकाे जिम्मेवारी पाएकाे छ। 

मुख्यमन्त्री शाहीकाे सरकार जाेगाउन मुख्य भूमिका खेलेकाे कांग्रेसले अन्तत: सामाजिक विकास मन्त्रालय र जलस्रोत मन्त्रालय पाएकाे हाे। जसमा क्रमश सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठ रहका छन्।

कांग्रेसले बिहीबार साँझ सरकारमा जाने मन्त्रीहरू टुङ्गाएकाे हाे। 'सरकारमा जानेहरूको नाम साँझसम्म टुङ्गो लाग्याे,' कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले भने, ‘शुक्रबार सपथ हुनेछ।'

विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्षसमेत रहेका छन्।
 

प्रकाशित मिति: : 2021-06-04 07:23:00

प्रतिकृया दिनुहोस्