इजरायली प्रधानमन्त्रीकाे १२ वर्षे शासनकाल अन्त्य हुँदै, विपक्षी दल गठबन्धन सरकार बनाउन सहमत

Breaknlinks
Breaknlinks

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएकाे छ। 

विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै उनकाे १२ वर्षे शासनकाल अन्त्य हुने भएकाे हाे। नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन्।

यश अतित पार्टीका नेता यायर लेपिडले गठबन्धनको घोषणा गरेका  छन्।

सहमति अनुसार सन् २०२३ को अगस्टसम्म यामिनाका नेता नाफ्ताली बेनेट प्रधानमन्त्री रहनेछन् । 

प्रकाशित मिति: : 2021-06-03 10:40:00

प्रतिकृया दिनुहोस्