चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो।
चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका प्रहरी कार्यालय मुग्लिनलाई दुई अजार ५०० मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पिपिइ, ५० सेट फेस शिल्ड र २० कार्टुन पानी तथा पत्रकारका लागि ७५० पिस मास्क, १५ वटा स्यानिटाइजर र १५ सेट फेस शिल्ड सहयोग गरिएको हो। रासस