अमेरिकामा बस्ने गुरागाँइ दम्पतिद्धारा अक्सिजन कन्सल्टेसन मेसिन सहयोग

अमेरिकामा बस्ने नेपाली दम्पतिले आइतबार रतुवामाई नगर अस्पताल झुर्कियालाई एक थान अक्सिजन कन्सल्टेसन मेसिन सहयोग हस्तान्तरण गरेका छन्।

तत्कालीन इटहरा गाउँ पन्चायतका प्रधानपन्च तथा मोरङ्ग जिल्ला बिकास समितिका पुर्ब सभापति समाजसेवी  डिल्लीराम गुरागाईका अमेरिकामा रहेका  छोराबुहारी  प्रेम गुरागाईं र बिन्दा गुरागाँइले १ लाख बराबरको  मेसिन नगर अस्पताललाई सहयोग हस्तान्तरण गरेका हुन्।

सो मेसिन रतुवामाई नगर अस्पताल परिसरमा समाजसेवी डिल्लीराम गुरागाई र कमलादेवि गुरागाँइले रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईलाई हस्तान्तरण गरे। सो हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख  राईले कोरोनाका संक्रमणको कारण अक्सिजनको अभावमा दिनहु नेपालीहरुले ज्यान गुमाइरहेको अवस्थामा रतुवामाईबासीहरु अक्सिजनको अभाव भइ कसैले ज्यान गुमाउनु नपरोस् भनेर अक्सिजन मेसिन दिएर थप सहयोग गर्नुहुने गुराँगाई परिवारप्रति अभार प्रकट गरे। उनले भने, नगरवाशीको स्वास्थ्यमा ध्यान दिदै नगरपालिकाले महामारीबाट बचाउनको लागि अन्तिम अबस्थासम्म कुनै कसर बाकी नराख्ने प्रतिबद्धता  गर्छौ।

समाजसेवी डिल्लीराम गुरागाईले कोरोना संक्रमणका बिरामीहरुलाई अक्सिजनमा राहत पुगोस् भन्ने मनासयले सहयोग गरेको बताए।उनले आगामी दिनमा इटहरा स्वास्थ्य चौकीलाई पनि एक थान अक्सिजन मेसिन सहयोग गर्ने  बताए। 

प्रकाशित मिति: : 2021-05-31 15:48:00

प्रतिकृया दिनुहोस्