गोवा राज्यमा एक साता कर्फ्यु थपियाे

Photo : India Today
Photo : India Today

भारतको गोवा राज्यमा सरकारले हाल जारी कर्फ्युलाई लम्ब्याएको छ।

हाल गोवा राज्यका जारी रहेको कर्फ्युलाई आगामी जुन ७ तारिखसम्म लम्ब्याइएको गोवा सरकारले शनिबार जानकारी दिएको छ। 

यस निशेषआज्ञा जुन ७ तारिखको बिहान ७ बजेसम्म जारी रहने सरकारी अधिकारीहरुले बताएका छन्। गोवा राज्यमा हालसम्म कोरोना भाइरसका १५ हजार ३२६ जना सक्रिय संक्रमित रहेका छन्।

यस राज्यमा  कोरोना शुरु भएयता हालसम्म १ लाख ३५ हजार ५६० जना कोरोना मुक्त भएका छन्। यस प्रकोपबाट २ हजार ५७० जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेकोसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

भारतमा हालसम्म कोरोनाबाट देशभर ३ लाख २२ हजार ५१२ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: : 2021-05-30 06:39:00

प्रतिकृया दिनुहोस्