फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेनमा अज्ञात सागसब्जी खाँदा शुक्रबार विहान एकै परिवारका सात जना विरामी परेका छन्।
विरामी हुनेमा स्थानीय अन्दाजी वर्ष ६८ को लक्ष्मी नेम्बाङ ,उनको श्रीमती ६० वर्षिय लछु माया लावती नेम्वाङ ,२७ वर्षिय छोरा दिपक र एक नातिनी वर्ष ६ की अनुस्काको अवस्था गम्भीर भएपछि उपचारको लागि झापा लगिएको राँके स्थित प्रहरी चौकी चिलिङ्देनका प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए।
अन्य १० वर्ष उमेर मुनिका तीन नातिनीहरुको अवस्था सामान्य रहे तापनि अस्पताल लाने तयारी गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले बताए।
विहान १० बजे खानाको समय बारीमा उत्पादन भएका विभिन्न सागसब्जी जम्मा गरि तरकारी बनाएर खानासंग खाएको केही बेरमा बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा तुरुन्तै एम्बुलेन्स बोलाएर विरामीलाई अस्पताल पठाइएको छ। घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।