सम्झौता नविकरण गर्न मेस्सीलाई बार्सिलोनाको प्रस्ताव

Photo : Getty image
Photo : Getty image

स्पेनिस फुटबल क्लब बार्सिलोनाले कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीलाई सम्झौता नविकरण गर्नको लागि प्रस्ताव गरेको छ।

बार्सिलोनाले औपचारिक रुपमै प्रस्ताव गरे पनि मेस्सीले भने सम्झौताबारे कुनै प्रतिक्रिया दिएका छैनन्। क्लबसँग मेस्सीको सम्झौता आगामी जुन ३० बाट सकिदैछ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा ३३ वर्षीय मेस्सीलाई क्लबकै राख्न चाहन्छन्। तर 'कोपा अमेरिका'काे लागि मेस्सी अर्जेन्टिना पुगिसकेका छन्। 
 

प्रकाशित मिति: : 2021-05-28 06:23:00

प्रतिकृया दिनुहोस्