शारजाहमा सडक दुर्घटना: प्रहरी अधिकारीको मृत्यु 

बिएल संवाददाता

शारजाह (युएई)
photo : gulfnews
photo : gulfnews

संयुक्त अरब इमिरेट्स् (यूएई)को शारजाह राज्यमा सडक दुर्घटनामा परी एक प्रहरी अधिकारीको मृत्यु भएको छ।

शारजाहको मिलेहा रोडमा पेट्रोलिङ गस्तीमा रहेका बेला सडक दुर्घटना हुँदा प्रहरी अधिकारी रशीद अली अलबाहीको मृत्यु भएको शारजाह प्रहरीले जनाएको छ।

शारजाह प्रहरीका अनुसार सडक गस्तीमा रहेका बेला प्रहरीको कार दुर्घटनामा परेको थियो।

अलबाहीकोको घटनास्थलमै मृत्यु भएको शारजाह प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-27 17:34:00

प्रतिकृया दिनुहोस्