सडक पेटी निर्माण गर्दा बोटविरुवालाई असर नगर्न नगरप्रमुख महर्जनको अनुरोध 

शनि शाक्य

ललितपुर 

ललितपुर महानगरपालिकाले सडक पेटी निर्माण गर्दा बोटविरुवालाई असर नपर्ने गरी काम गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको छ।

सडक विभागले निर्माण गरिरहेको सडक पेटीको अवस्था बुझ्न बिहीबार कुपनडोल पुगेका महानगरका नगरप्रमुख चिरीबाबु महर्जन र उप–प्रमुख गीता सत्यालले पेटी निर्माण गर्दा बोटविरुवालाई असर नपर्ने गरी काम गर्न अनुरोध गरेका हुन्।

महानगरले ‘ग्रिन सिटी’ बनाउने उश्द्देयले यसअघि नै ललितपुरका सकड छेउ तथा पार्कहरुमा बोटविरुवा रोप्दै आएको थियो। महानगरले रोपेका विरुवा सडक पेटी निर्माण गर्दा असर परेको भन्दै महानगरले यसअघिदेखि नै आपत्ति जनाउँदै आएको थियो।

पटक–पटक अनुरोध गर्दा पनि बोटविरुवामा असर पुग्ने गरी काम गरेको पाइएपछि नगरप्रमुख महर्जन र उप–प्रमुख सत्याल निर्माणस्थलमै पुगरे बोट विरुवालाई असर नपु¥याउन निर्माण कम्पनीलाई अनुरोध गरेका छन्। 

निर्माणस्थालमै पुगेका नगरप्रमुख महर्जनले निर्माण कम्पनीका ठेकेदारलाई फोन गरी बोटविरुवामा असर नपर्ने गरी काम गर्न निर्देशन समेत दिएका छन्। 

‘सकड विभागले सडक पेटी निर्माण गर्दा बोटलाई नष्ट गर्ने गरेको पाइएकोले आज हामी निरीक्षणमा आएका हौं। यसरी बोट मास्ने हो भने हामीले बनाउन चाहेको ‘ग्रिन सिटी’ अभियानमा असर पर्छ।’ नगरप्रमुख महर्जनले भने, ‘सडक पेटी निर्माण गर्दा विरुवालाई असर नगर्न भनेका छौ।’


 

प्रकाशित मिति: : 2021-05-27 13:22:00

प्रतिकृया दिनुहोस्

    Ahileko mahamarima pani spot mai pugera kam dekhaunu vaeko sarhaniya kam ho.

    • 2 बर्ष अगाडि
    • Ratnalal Maharjan