बजेट अधिवेशन गर्न माग

प्रदेश १ का विपक्षी दलले बजेट अधिवेशन गर्न माग गरेका छन्।

दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश  नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिएका छन्।
 

प्रकाशित मिति: : 2021-05-27 06:19:00

प्रतिकृया दिनुहोस्