स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले क्लबसँगको सम्झौता नविकरण गरेका छन्।
मोड्रिचले मंगलबार सन् २०२२ को जुन ३० सम्म रियलमा रहने गरी समझौता नवीकरण गरेका हुन्। ३५ वर्षीय क्रोएसियन मिडफिल्डर मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए।
३० मिलियनमा स्पेनिस राजधानी आएका मोड्रिचले क्लबका लागि ३ सय ९१ खेल खेलिसकेका छन्। जसमा २८ गोल र १६ असिस्ट रहेको छ।