स्मिताकाे एउटा गजल

नचुहाई आँसु कहिलेकाहीँ, भरीपेट खायाै कि नाँई आमा 
साेध्नेहरुलाई नवराजले न्याय पायाे, भन्न पायाै कि नाँई आमा

हाे लखेट्दै ढुंगा मुढाले, झटाराे हानी, मारेका हुन्  मलाई
छल्दै भेरीमा बगाकाे लास, सुम्सुमाउन आयाै कि नाँई आमा 

प्रेमकाे बदला, हत्या उपहार, पाइन्छ के था त मलाई
जातले चिरेकाे तिम्रो त्याे मुटुमा, मलम लायाै कि नाँई आमा 

परिवर्तनकाे, सपना देखाएर उनले, प्रेम गरेझैं गरेकी रैछिन्
साेध सुष्मालाई विजयकाे गीत, म मर्दा गायाै कि नाँई आमा 

हाे याे रुकुम नरसंहार हाे, कलि युगमा, जातकाे कलँक हाे
निर्दाेष ति साथीकाे लासमाथि, फूल चडायाै कि नाँई आमा 

एक वर्ष बित्याे, न्यायकाे ढाेका, ढकढकाउँदै हिँडेकी छाै
एक चाेटी हत्यारा चिनेर कठालाे, समाती थर्कायाै कि नाँई आमा 


राजनीतिक मौनताभित्र चिच्याएको रुकुम हत्या


नवराज विक : रुकुम हत्याको एक वर्ष

अन्तरजातीय सम्बन्धकै कारण हत्या गरिएका नवराजहरु…


नवराज विक, सम्बन्ध र जातीय मनाेविज्ञान

प्रकाशित मिति: : 2021-05-24 20:47:00

प्रतिकृया दिनुहोस्

    thankful to the BL family

    • 2 बर्ष अगाडि
    • Smita