शनिबार, १२ जुलाई २०२५

मदन भण्डारी अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु सेवा तत्काल कार्यान्वयन गरिने

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
2021-05-23 16:36:00
Breaknlinks
• • •

उर्लाबारी नगरपालिका – ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा चालु बर्षमा अक्सिजन प्लान्ट र एचडियु सेवा स्थापनाको लागि सरकारले १ करोड ५५ लाख बिनीयोजन गरेको योजनालाई तत्काल कार्यन्वयन गरिने भएको छ।

आज अस्पताल बिकास समितिका अध्यक्ष नरेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा अक्सिजन प्लान्टको स्थापनाको लागि ७५ लाख र एचडियु सेवा स्थापनाको लागि ८० लाख नेपाल सरकारले बिनीयोजन गरेकामा धन्यवाद दिदै उक्त योजना सफल बनाउन आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय भएको अस्पतालका मे.सु. डा. दिब्य खनालले बताए।अर्थ मन्त्रालयका अनुसार उक्त दुवै योजना चालु आर्थीक बर्ष निर्माण पुरा गरिसक्नु पर्नेछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?