कैलालीमा कोरोना सङ्क्रमितको संख्या वृद्धि

दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ। 

अस्पतालमा शुक्रबार दुई सय २९  र  बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो। 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२  वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन्। 

अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ। अस्पतालमा हाल एक सय तीन  सङ्क्रमित उपचाररत्  छन्। रासस 

प्रकाशित मिति: : 2021-05-22 17:08:00

प्रतिकृया दिनुहोस्