‘कोरोनाको कारण काठमाडाैंमा कोहि खाद्यन्य संकटमा हुनुहुन्छ ? फोन गर्नुहोस, म सहयोग गर्नेछु’

कोरोना कहरको कारण जारी निषेधआज्ञाले जनजिवन कष्टकर बन्दैछ।त्यसैपनि काठमाडौंमा काम तथा अध्ययनको शिलशिलामा ‘डेरागरी’ बस्ने निम्न परिवारकालाई समस्या हुने नै भयो। रोगसँगै भोगको चिन्ता थपिएको छ,यहि समस्यालाई मध्यनजर गर्दै समाजसेवी लक्ष्मीप्रसाद संग्रौलाले निजी खर्चमा खाद्यन्य सहित विविध सहयोग गरिरहेका छन्।

झापा दमक घर भई हाल काठमाडौं भक्तपुरवासी उनले २५३ जनालाई खाद्यन्य लगायत सहयोग गरिसकेका छन्।

लक्ष्मीप्रसाद भन्छन्, रोगसँग सावधानी अपनाउनुहोला,भोकको समस्या परे म छु,सक्ने सहयोग गर्नेछु। झापा क्षेत्र नम्बर –५ बाट काठमाडौंमा आएर बस्ने विद्यार्थी वा बिबिध कामको सिलशिलामा डेरागरी बस्ने जो कोहीलाई सहयोग गर्ने उनले बिएल नेपाली सेवालाई बताए। उनले भने, कोरोना कहर र लकडाउन को कारण ले खाद्यन्नको अभाब भएमा वा अन्य मैले सक्ने सहयोग गर्छु मलाई कल गर्नुहोस, तस्बिर खिचिने छैन्।

सस्तो लोकप्रियताको लागि नभएर आफुले मनैबाट सेवा गरेको उनले बताए। उनले भने,फोटो खिचेर राहत लिनेलाई अप्ठेरो पार्ने छैन्,भोलि जो कोही समस्यामा पर्ने दिन नआउला भन्न सकिन्न। मानविय सेवा सम्झेर सहयोग गरेको बताउदैं उनले भने, विशेषत झापा ५ बाट काठमाडौंमा अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्ने बताए पनि अहिले यहाँ रहनुभएका फोन आएका सबैलाई सक्ने सहयोग गरिरहेको छु।उनले सहयोग चाँहिए ९८५२६७०६४१,९८५५०७०६४१ ,९८५१२७०६४१ कल गर्न अनुरोध गरे।

प्रकाशित मिति: : 2021-05-22 14:38:00

प्रतिकृया दिनुहोस्