प्यालेस्टाइन र इजरायलबीच युद्धविराम

Photo : AFP
Photo : AFP

द्वन्दरत देशहरु प्यालेस्टाइन र इजरायलबीच युद्धविराम भएको छ।

प्यालेस्टाइन र गाजा क्षेत्रका हजारौं मानिसले सडकमा ओर्लिएर झण्डा फहराउदै युद्धविरामकाे स्वागत् गरेका छन्। दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार २ बजेदेखि लागू हुने गरी युद्धविराम भएको बीबीसीले जनाएकाे छ।

प्यालेस्टाइन र इजरायलबीच दुई दिनसम्म जारी यस हिंसामा कम्तीमा २३ प्यालेस्टिनी मारिएका छन्। हवाई आक्रमणको क्रममा मारिएका ती प्यालेस्टाइनीहरुमा नौ जना आतङ्ककारी रहेकाे बताइएको छ।

इजिप्टकाे अगुवाइमा ११ दिनको द्वन्द्व रोक्न हमास र इजरायलबीचमा सम्झौता भएपछि शुक्रवार बिहान गाजा पट्टीमा युद्धविराम लागू भएकाे अलजजिराले जनाएकाे छ।

प्यालेस्टाइन र इजरायलबीच भएका सन् २०१४ पछिका द्वन्द्वहरुमा हाल जारी यो हिंसा नै भीषण रुपमा देखिएपछि युद्धविराम सम्झौता भएको बताइएको छ। प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले दाबी गरेकाे थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजापट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिएका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामप्रति खुशी व्यक्त गर्दै इजरायलले आफ्नो सुरक्षा अधिकार प्रयोग गर्नेमा विश्वास गरेका छन्।

प्रकाशित मिति: : 2021-05-21 06:52:00

प्रतिकृया दिनुहोस्