थप ८३०५ जनामा कोरोना संक्रमण, १९० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

गत २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस अवधिमा १९० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोनाका कारण ५ हजार ८४७ जनाको मृत्यु भएको छ।

गत  २४ घण्टामा ६ हजार ५४३ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको छ।  अहिले देशभर ९३२ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति: : 2021-05-20 17:40:00

प्रतिकृया दिनुहोस्