अध्ययन भन्छ : ४० वर्ष पुग्रेका महिलामा हृदयघातको जोखिम बढी हुन्छ

La Vanguardia
La Vanguardia

चालीसभन्दा माथि उमेरका महिलामा हृदयघातको जोखिम बढी हुने अध्ययनले देखाएको छ। 

नर्वेको युनिभर्सिटी अफ बर्गनका अनुसन्धानकर्ताले ५० वर्षको उमेरमा उच्च रक्तचापको समस्या भएको महिलालाई सामान्य महिलाको तुलनामा दुई गुणा हार्ट अट्याक आउने जोखिम हुने दाबी गरेका छन्। ४१ वर्षका १२ हजार तीन सयभन्दा बढी मानिसलाई समावेश गरिएको अध्ययनमा छ हजार तीन सय ८१ महिला रहेका थिए। 

युरोपेली जर्नल अफ प्रिभेन्टिभ कोर्डियोलोजीमा प्रकाशित डा. एस्टर क्रिङल्यान्डको अध्ययनमा महिला र पुरुषमा उच्च रक्तचापले विभिन्न साना नशालाई कसरी प्रतिबिम्बित गर्छ भनेर वर्णन गरिएको छ। युवा महिलामा पुरूषको तुलनामा औसत रक्तचाप कम हुन्छ। तर, ३० वर्षको उमेरपछि, महिलामा उच्च रक्तचापको जोखिम बढ्छ ।

जसकारण महिलाले ३० वर्षको उमेरपछि नियमित रूपमा रक्तचापको जाँच गर्नुपर्ने हुन्छ। बेलायतमा १७ देखि २४ वर्षबीच उमेरका पुरुषमा उच्च रक्तचापको जोखिम पाँच प्रतिशत र महिलामा एक प्रतिशत देखिएको थियो। तर, ६५ देखि ७४ वर्षमा जोखिम बढेर ५८ प्रतिशतसम्म पुग्छ।

मेडिसिन एट युनिभर्सिटी कलेज लन्डनका प्रोफेसर ब्रायन विलियम्सको अध्ययनअनुसार ४० वर्षको उमेरपछि उच्च रक्तचाप हुने महिलामा पुरुषको तुलनामा हृदय रोगको जोखिम बढी हुन्छ। व्यक्तिको तौल, खानपान र व्यायामले रक्तचापलाई सामान्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा तौललाई नियन्त्रण राख्ने, स्वस्थ आहारको सेवन गर्ने र नियमित व्यायाम गर्नु निकै महत्वपूर्ण हुने बताइएको छ। 

प्रकाशित मिति: : 2021-05-20 11:53:00

प्रतिकृया दिनुहोस्